जन सरोकार

कोरोना संक्रमण हुन नदिन बाहिरबाट आउनेलाई क्वारेन्टाइन र आइसोलेशन नै सुरक्षित

वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुर उपमहानगरपालिका– ६ का ३२ वर्षीय ईश्वरी गैरे दुई हप्तासम्म क्वारेन्टाइनमा बस्नुभयो । उहाँलाई स्वाब परीक्षणका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । संयुक्त अरब इमिरेट्सबाट फर्किनुभएका गैरेलाई कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरियो ।

त्यसबीचमा आइसोलेशन र क्वारेन्टाइनमा बस्दा सुरक्षित महसुस गरेको गैरेले प्रतिक्रिया दिनुभयो । “म दुई हप्ता क्वारेन्टाइनमा, दुई दिन बेलझुण्डी अस्पतालमा बस्दा सुरक्षित महसुस भयो ।” कोरोना रिपोर्ट नेगेटिभ खुशी हुनुभएका गैरे आइसोलेशन र क्वारेन्टाइनको सेवाबाट सन्तुष्ट भएको बताउनुहुन्छ । आइसोलेशन र क्वारेन्टाइनमा साँझबिहान दुईपटक खाना र दिउँसो खाजा दिइन्थ्यो ।

युएइको होटलमा चौकीदार गैरे विदेशमा कोरोना भाइरसको त्रास भएपछि स्वदेश फर्कनुभएको थियो । गत वर्ष मात्रै रोजगारीका सिलसिलामा जानुभएका गैरे चैत ९ गते घर फर्कनु भएको हो । घर फर्किएपछि उहाँ दुई दिन होम क्वारेन्टाइनमा बसेर तुलसीपुरको क्वारेन्टाइनमा जानुभयो । दुई हप्तासम्म क्वारेन्टाइनमा बसेपछि उहाँलाई स्वाब परीक्षणका लागि बेलझुण्डीको कोरोना अस्पतालमा लगिएको थियो ।

अस्पताल गएको तीन दिनमा चैत २९ गते उहाँको रिपोर्ट आएको थियो । जहाजमा सेनिटाइजर र मास्कको प्रयोग गरेर यात्रा गरेको भए पनि संक्रमणको त्रासले स्वाब परीक्षणका लागि अस्पताल जानुभएका उहाँले भन्नुभयो, “यदि म संक्रमित भएर आएको भए मेरै कारणले धेरै संक्रमित हुन्थे, त्यसैले म आफैँ सावधानी अपनाएर स्वाब परीक्षण गराउन गएँ, अहिले ढुक्क भएको छु ।”

युएईको दुबईबाट आउनुभएका तुलसीपुर– ५ का २३ वर्षीय नरेश विक पनि रक्षाचौर क्वारेन्टाइनमा बस्दा कुनै असहज नभएको बताउनुहुन्छ । समयसमयमा स्वास्थ्यकर्मीले निगरानी गर्ने र इन्टरनेट सेवाको सुविधा हुँदा दिन कटाउन सहज भएको उहाँको भनाइ छ ।

“समय–समयमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नुहुन्थ्यो, खाना, खाजा पनि समयमै आउँथ्यो, त्यहाँ बस्दासम्म कुनै असहज महसुस भएन”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी, चिकित्सक तथा खाना पकाउनेदेखि पु¥याउन आउनेहरुको व्यवहारले आत्मबल बढाएको उहाँले अनुभव सुनाउनुभयो । स्वाब परीक्षणका लागि क्वारेन्टाइनबाट कोरोना अस्पताल बेलझुण्डी लगिएकामा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको छ ।

तीन वर्षदेखि दुबईमा काम गर्दै आउनुभएका विक गत चैत ६ गते नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँ आउनुभएको थियो । त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि तीन महिनाको छुट्टी लिएर घरमा आएको उहाँले बताउनुभयो । अब स्वदेशमै आयमूलक काम गर्ने उहाँको सोच छ । अहिले विश्वभरि कोरोना संक्रमण बढिरहेकाले भारतलगायत तेस्रो मुलुकबाट स्वदेश फर्किने नागरिक क्वारेन्टाइनमै बस्नुपर्ने उहाँको भनाइ छ ।

अहिले जिल्लामा ७१ जनाको स्वाब परीक्षण गरिएको छ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ६१ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति कमल चन्दले बताउनुभयो । उनीहरु सबैलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

जिल्लामा कोरोना अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा कोरोनाको आशङ्का लागेका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको छ ।

यसैबीच दाङका स्थानीय तहले सञ्चालन गरेका क्वारेनटाइनमा आज १०३ जना रहेको सम्बन्धित पालिकाले जनाएका छन् । अहिलेसम्म ती पालिकाको एकान्तबासमा बस्दै आएका ७८ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका स्थानीय तहले भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेन्टाइन केन्द्र निर्माण गरेका छन । जिल्ला आपत्कालीन दाङको तथ्याङ्ककानुसार चैत शुरु भएदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य मुलुकबाट भित्रिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.