जन सरोकार

सडकमा प्रहरी, नागरिक आफ्नै घरमा उपत्यका आपराधिक घटना न्यून

‘लकडाउन’को अवधिमा सडकमा नागरिकभन्दा प्रहरीको उपस्थिति बढी छ । नागरिकहरु आआफ्नै घरभित्र रहेका कारण उपत्यकाका तीन जिल्लामा आपराधिक घटना अत्यन्त न्यून भएको छ ।

लकडाउनको अवधिभर उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका उहाँले बताउनुभयो ।

सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ । बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका पोखरेलले बताउनुभयो । सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन् ।

“हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भन्नुभयो । सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ । उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनमा दैनिक दुई हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उहाँले यो अवधिमा उल्लङ्घन गर्ने ७३ हजार बढीलाई कारवाही गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.