राजनीति
मुलुकभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय
सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।
राजधानी उपत्यका लगायत केही जिल्लामा यसअघि नै विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन भइसकेकोमा बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको हो ।





प्रतिक्रिया राख्नुहोस्