राजनीति

राष्ट्रपति भण्डारी र चिनीया राष्ट्रपति सीबीच कोरोनाको महामारीबारे टेलिफोन छलफल

नेपाल कोरोना महामारीसंग संघर्ष गरिरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ । कुराकानीमा दुई देशबीचको सम्बन्ध लगायत कोरोना महामारीका विषयमा कुराकानी भएको बताइएको छ ।

दुई राष्ट्रप्रमुखले आआफ्ना सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासबारे पनि चर्चा गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको सह्राहना गर्दै राष्ट्रपति भण्डारीले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकोप्रति धन्यवाद दिनुभयो ।

जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताउनुभयो । त्यस्तै राष्ट्रपति सीले टेलिफोन गरेकामा राष्ट्रपति भण्डारीप्रति कृतज्ञता व्यक्त गर्दै चीन सरकार र चिनियाँ नागरिक कोरोना भाइरससँग लडिरहेका बेला नेपाल सरकारले दिएको साथप्रति धन्यवाद दिनुभयो ।

चीनका राष्ट्रपति सी चिनफिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कामकाजमा फर्केकामा खुशी व्यक्त गर्दै सुस्वास्थ्यको कामना पनि गर्नुभएको थियो ।

टेलिफोन वार्तामा दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुईदेशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने लगायत समसामयिढक विषयमा छलफल भएको थियो ।

कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको बताउनुभएको थियो भने प्रतिउत्तरमा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमणबाट महत्वपूर्ण उपलब्धी हासिल भएको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.