एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
गैरआवासीय नपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानको आर्थिक हिनामिना तथा अनियमितता छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन समितिको अवधि दोस्रोपटक थप गरिएको छ । समितिले ३१ मे २०२१ सम्म थप समय पाएको छ ।

सन् २०२० अक्टुबर २ मा एनआरएनए सचिबालयको बैठकले एनआरएनए राष्ट्रिय समव्य परिषद् जापानको साधारण सभामा सेप्टेम्बर १९ तारिखमा भएको साधारण सभामा उठाइको प्रश्नहरुको सत्य तथ्य प्रछानबिन गरी तिबेदन तयार गर्ने र समाधान गर्न एक उच्चस्तरीय आयोगको गठन गर्ने निर्णय गरे अनुसार सो समिति गठन भएको थियो ।
संस्थाको वित्तीय अनियमितता र अनियमितताहरूबाट उत्पन्न समस्याहरूको स्पस्ट सत्य तथ्यको छानबिन गरी प्रतिबेदन समेत तयार गर्ने सर्वाधिकार सम्पन समिति मिति २०२० अक्टुबर २२ मा गठन गरी नोभेम्बर ४ मा उच्चस्तरीय छानबिन समितिलाई पूर्णता दिएर छानबिन गरिरहेको छ ।
विगत केहि समयदेखि जापानमा कोबिडको संक्रमण एक्कासी बढ्दै गएको हुनाले जापान सरकारले संकटकाल घोसणा गरेको अबस्थामा नेपाली समाज, समुदाय र जापानमा बोसोबास गर्दै आएका हरेक नेपालीहरुको स्वास्थ सुरक्षा अत्यन्तै संबेदनशील र प्रभावित भएको र छानबिन समितिको काम र प्रक्रियाहरुमा पनि गम्भीर प्रभाब पर्नुका साथै गम्भीर र पेजिला बिषयहरुमा क्रमिक रुपमा जानकारीहरु पर्दै सत्य तथ्य बुझ्न अझै केहि समय लाग्ने भएकाले अवधि थप गरिएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्