जल/वातावरण

सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७

२५ हजारभन्दा बढी सक्रिय संक्रमित रहे स्थिति असामान्य हुने भनिए पनि नेपालमा सक्रिय संक्रमितको संख्याले सीमा नाघेको । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । संक्रमितमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् ।

त्यसै गरी ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय २३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८ सय ९७ पुगेको छ । २४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.