जन सरोकार

मृत अवस्थामा नौ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट नौ जना फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा बसपार्कस्थित सिता कार्कीको होटेलमा काम गरी बस्ने सोही नगरपालिका-२ रेल्वे-लाइन घर भएकी ७० वर्षीया शान्ता भुजेल उक्त होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै संखुवासभा, मादी नगरपालिका-४ डाडा गाउँ बस्‍ने ४० वर्षीय राम बहादुर गदाइली आफ्नै मकै बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, नगराईन नगरपालिका-२ जटही बसपार्क नजिक आँपको बगैंचामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ आर्टीयओ रोडमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सोलुखुम्बु, सोताङ गाउँपालिका-४ भोटेखर्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी डोटी, जोरायल गाउँपालिका-६ दह बस्ने ६४ वर्षीय यज्ञ बहादुर छेडाल सोही ठाउँस्थित सडक नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी इलाम, माई नगरपालिका-२ रातो खाडी बस्ने २६ वर्षीय रमेश योगी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै धनकुटा, चौबिसे गाउँपालिका-८ चाईनेटार बस्ने ४७ वर्षीय अर्जुन चेम्जोङ सोही गाउँपालिका-७ माथिल्लो गिद्देस्थित सार्वजनिक पाटीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । पानीको महशुल तिर्न भनी शनिबार घरबाट गएका उनी घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा शव फेला परेको हो ।

उता सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित सुनकोशी नदी किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.