जन सरोकार

दुई हजार नेपाली एक महिनापछि भारतबाट स्वदेश फर्कँदै

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ । स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ ।

सम्बन्धित खबर

Back to top button