राजनीति

आर्थिक वर्ष २०७७/०७८ देखि सांसद विकास कोष खारेज गर्न माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष खारेज गरी सो बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेको छ ।

बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो ।

‘कोरोनाको जोखिम सामना गर्न आवश्यक ठूलो रकमका लागि सांसद विकास कोषका रूपमा विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ ।

कांग्रेस संसदबाहिर र भित्र पनि अब सांसद विकास कोष नीति खारेजीको मागलाई प्राथमिकताका साथ उठान गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जनप्रतिनिधिहरू नभएको अवस्थामा सांसदबाट पनि विकास निर्माणका काम गर्न सकिने भन्दै त्यसबेला आवश्यकता ठानिए पनि अब आवश्यक नरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.