राजनीति

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रमुख सचेतक लेखक

कार्यकर्ता भेटघाटका क्रममा सोमबार कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरमा आयोजित कार्यक्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । “यो जुन अस्थिरताको जड छ, यसबाट मुुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनु पर्छ”, लेखकले भन्नुभयो, “हाम्रा कमीकमजोरी छन् । संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।”

उहाँले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय व्यक्त गर्नुभयो । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उहाँको आग्रह थियो । २०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको उहाँले बताउनुभयो । “दैजी बैल्डाडी, बेलौरी–डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्”, लेखकले भन्नुभयो, “सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.