जल/वातावरण

प्रदेश पाँचमा भेटिए दुईजनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५९ पुग्यो

कोरोना भाइरस संक्रमण नभेटिएको रुपन्देही र बाँकेमा एकएकजना संक्रमित भेटिएका छन् । प्रदेश पाँचमा शुक्रबार पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो ।

समाचार अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.