लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । आइतबार विहान उहाँले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको उहाँका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो । पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उहाँविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव माथि दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री निर्वाचित पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव प्रस्तुत भएको प्रदेशमा नयाँ सरकार गठन गर्न सजिलो होस् भन्ने उद्देश्यले उहाँले राजीनामा दिनुभएको केसीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्