जन सरोकार

असुरक्षित बजार डुल्नु बहादुरी हो र ? (भिडियोसहित)

निषेधाज्ञा तोडेर हिंड्दा, मास्क नलगाउँदा वा भीडभाडमा पस्दा बहादुरी सम्झने प्रवृत्ति

नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहेको छ । सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै आम जनतालाई सचेत रहन अपील गरिसकेको छ । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुको विकल्प छैन तापनि नेपालमा निषेधाज्ञा तोडेर हिंड्दा, मास्क नलगाउँदा वा भीडभाडमा पस्दा बहादुरी सम्झने प्रवृत्ति देखिएको छ ।

देशभरका कोभिड अस्पतालहरु भरिसकेका छन् तैपनि चेतना छन । मानिसहरू अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

सरकारले निषेधाज्ञा जारी गरेको छ । दिनभरि मानिसहरु बिनाकाम डुलिरहेका हुन्छन् भने साँझ र विहान पसलहरु खुलेपछि ठेलमठेल गरिरहेका हुन्छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने चासो कसैलाई छैन ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । निषेधाज्ञाका बेला प्रहरीले अनावश्यक सयर गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । तर बिनाकाम हिंड्ने प्रवृत्ति बढ्दो छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.