जन सरोकार

शरणार्थीको नाममा ठगीधन्दा : पूर्व सांसद इन्द्रजीत राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजीत राई पक्राउ परेका छन् ।

पूर्व सांसद इन्द्रजीत

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले राससलाई जानकारी दिनुभयो ।

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्न भएको समाचार प्रकाशित भएको थियो ।

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ  पुगेको  छ । उनी रामबहादुर थापा गृहमन्त्री हुँदा थापाका सुरक्षा सल्लाहकार थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.