राजनीति

नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

रास्वपा

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाली क्रिकेट टिमले आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन भएकोमा खुसी व्यक्त गर्नुभएको हो । “खेलाडीको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ”, प्रवक्ता डा ढकालले भन्नुभयो ।

रास्वपाले एशिया कप कहाँ हुने भन्ने अन्योल देखिएको अवस्थामा एसिया कपका समूह चरणका खेल नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुक र एसिसीसँग आजैदेखि पहल थाल्न आग्रह गरेको छ । “प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्”, रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल एसिया कपका लागि छनोट भएसँगै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका पाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.