राजनीति

रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीमा छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा सोमबार पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरिएको छ ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो टनेल सोमबार सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

यसै गरी पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयोग गर्नुभएको छ । स्व. अधिकारी धर्मपन्ती भट्टराईले अधिकारीको ५१ औ जन्मजयन्तीको पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसिलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफूले सहयोग गरेको भन्दै सोका लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्चस्तरले लाग्नु जरुरी भएको बताउनु भयो । उहाँले कोरोना संक्रमण नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाई साथ दिन आम कास्कीबासी जनसमुदायलाई आग्रह समेत गर्नु भयो ।

सम्बन्धित खबर

Back to top button