स्वास्थ्य
बङ्गलादेशबाट ल्याइयो संक्रमितको उपचारका लागि ‘रेम्डेसिभिर’
सात हजार डोज अस्पतालहरुमा पठाउन सुरु, बाँकी डोज पनि आउँदै
सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ भित्र्याएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सोमबार आइपुग्नु पर्ने सात हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको र बाँकी बुधबार आइपुग्ने जानकारी दिनुभएको छ ।
बङ्गलादेशबाट झिकाइएको ‘रेम्डेसिभिर’ औषधि कोभिडका बिरामी बढ्दै गएपछि माग पनि बढ्दै गएको र सोही माग अनुसार नेपाल ल्याइएको र अस्पतालहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो ।
सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएपछि आधिकारिक आयातकर्ताको पहलमा ल्याइएको हो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बङ्गलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।




प्रतिक्रिया राख्नुहोस्