जन सरोकार

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु, सवा अर्ब रुपैयाँ क्षति

नेपालमा एक वर्षको अवधिमा सडक दुघटना, भूकम्प, बाढी पहिरो, अगलागी लगायतका घटनाबाट १ हजार पाँचसय ४७ जनाको मृत्यु भएको छ भने सवा अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पहिरो

शुक्रबार काठमाडौंमा भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले २०८० सालको वैशाखदेखि २०८१ वैशाखको अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपदबाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको पनि जानकारी दिनुभयो ।

यो अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबर क्षति भएको जनाएको छ । यसमा सरकारले प्राकृतिक र गैरप्राकृतिक दुवैथरि विपद्लाई समेटेको सचिव अर्यालको भनाइ छ ।

सचिव अर्यालले विपद्बाट १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि जानकारी दिए । उनका अनुुसार दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका छन् ।

पछिल्लो समय बढिरहेको प्राकृतिक र गैरप्राकृतिक विपद्ले कूल ग्राहस्थ उत्पादनमै क्षति पुगेको मन्त्रालयको भनाइ छ । राहत, उद्धारलगायतका काममा धेरै खर्च गर्नुपर्दा विकास निर्माणमा खर्च गर्न नसक्ने उनको भनाइ छ ।

‘विपद् नेपालको लागि एकदमै चुनौतिको विषय भएर आइराखेको छ । चौपाया, अनाजहरु लगायत, पूर्वाधार क्षतिको हिसाबले ज्यादै ठुलो क्षति नेपालले व्यहोरिराख्नु परेको छ’, उनले भने ।

सचिव अर्यालले विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानुनहरुलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रालय त्यसमा लागि परिरहेको सचिव अर्यालको दाबी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.