डेब्लु खेलमै अभूतपूर्व प्रदर्शन गरेर कीर्तिमान कायम गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् ।

यही वैशाख ४ देखि ११ गतेसम्म काठमाडौंमा भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए । उनले डेब्यु प्रतियोगिताको तीन खेलमा लगातारा अद्र्धशतक बनाएर कीर्तिमान समेत बनाएका थिए । सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज भए ।
आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।
सिरिजमा गरेको प्रदर्शनका आधारमा कुशल पहिलो पटक आइसीसीको टी(२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अपडेट भएको वरीयतामा उनी ६१औं स्थानमा उक्लेका छन् ।
मनोनयनमा परेका कुशललाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्