राजनीति

जेठ ५ गतेसम्म लकडाउन- सतर्कता अपनाएर उद्योग-कारखाना खोल्न दिइने

चैत्र ११ गतेदेखि जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ । मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम विशेष समितिको सिफारिश अनुसार बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार छिमेकी देश भारतमा कोरोनाको संक्रमण कायमै रहेको र नेपालमा समेत उल्लेख्य मात्रामा कोरोना परीक्षण नभएको निष्कर्ष निकाल्दै जेठ ५ गतेसम्म बढाउने निर्णय भएको हो ।

लकडाउन बढाउने निर्णय गरे पनि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको छ । आवश्यक सतर्कता अपनाएर उद्योग, कलकारखानाहरु खोल्न दिने निर्णय भएको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि बुधबार सकिँदै थियो ।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.