राजनीति

सभामुखको पिसीआर नतिजा नेगेटिभ, चार सांसदसहित २ कर्मचारीमा कोरोना संक्रमण

संघीय संसद प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बोलाइएका विशेष अधिवेशनका लागि बुधबार गरिएका पिसीआर परीक्षणमा चार सांसदसहित संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार नै पिसीआर परीक्षण गर्दा सभामुख अग्नि सापकोटा र सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.