राजनीति

पूर्व प्रम खनालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि कोभिड–१९ को जोखिम हुन नदिन अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

इलामको क्षेत्र नं १ का सङ्घीय सांसदसमेत रहनुभएका उहाँले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गर्नुभएको हो ।

ती सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् । सभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री हस्तान्तरण गर्नुभयो ।

जिल्लाबाट निर्वाचित अन्य सांसदले समेत राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.