राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक प्रधानको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँहरुले गायक प्रधानले नेपाली संगीतको श्रीवृद्धिमा दिनुभएको योगदान चीरकालसम्म रहने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले बहिबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै भन्नुभएको छ “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ” ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ “नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ” ।

त्यसै गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दैै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.