शुक्रबार थपिए एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमिथ तपिएका छन् । स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये आधाजसो राजधानी उपत्यकामा छन् । काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३ सय ७४ र ललितपुरमा ६ सय ४३ गरी जम्मा उपत्यकामा ४ हजार १ सय ६ मा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म ३ लाख ७७ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
समाचार अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो । १९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो ।
यसै गरी पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सष् ५ जना संक्रमणबाट निको भइसकेका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ छन् ।
प्रतिक्रिया राख्नुहोस्