जन सरोकार

ऐतिहासिक पोखरी पुरेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।

बिहिबार अभियानकर्मी माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे ।

त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताउनुभयो ।

‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन् ।

लामो समयदेखिको कानुनी विवादसंगै साँस्कृतिक पोखरी मासेर बनाइएको भन्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको विरुद्धमा बिरोध प्रदर्शन हुँदैआएको छ । अभियानकर्मीहरुले छायाँ कम्प्लेक्स भत्काएर प्राचीन पोखरी कायम हुनुपर्ने माग गर्दैआएका छन् ।

अभियन्ता भागवत प्रधानले विस २०३३ सालमा सहरी क्षेत्रको नापी हुँदा कित्ता नं १६७ जनिएको १२ रोपनी १३ आना २ पैसा २ दाम कायम भएको उक्त पोखरी सार्वजनिक पोखरी नै भएको बताउँदै आउनुभएको छ ।

विस २०४४ मंसिर २३ गते तत्कालीन सरकारको निर्णयबमोजिम नेपाल सरकारको नाममा जग्गाधनी दर्ता श्रेस्तामा समेत उक्त स्थान कमलपोखरी उल्लेख भएको यथेष्ट प्रमाण हुँदा पनि भूमाफियाहरु तथा ठुला घरानाका व्यापारीहरु र सरकारी कर्मचारीहरुको मिलेमतोमा उतm जग्गा अतिक्रमण गरी हाल छायाँ कम्प्लेक्स बनाएको प्रधान बताउनुहुन्छ ।

गुठी संस्थानबाट २०४७ साल चैत १४ गते उक्त जग्गाका कित्ताहरू अम्बिका राणा तथा शंकर प्रसाद शाहको नाममा गुठी रैतानी भई जग्गा धनी पूर्जा बनेको थियो । गुठी संस्थानले २०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरू राणा र शाहको नाममा रैतानी गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमाथि संस्थान आफैंले गरेको निर्णयलाई बदर गर्दै २०४७ चैत १४ मा पुनः अर्को निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध अम्बिका राणाले पुनरावेदन अदालत, पाटनमा मुद्दा हालेकी थिइन् ।

पुनरावेदन अदालत पाटनले गुठी संस्थानको पहिलो निर्णयलाई कायम राखी २०७७ मंसिरमा गुठी संस्थानबाट परेको पछिल्लो निर्णय बदर गरेपछि स्वामित्व विवाद समाप्त भएको थियो ।

यद्यपि सो स्थानमा ठमेलस्थित विक्रमशील महाविकार भगवान बहालमा अवस्थित श्री सिंहसार्थवाहु गरुड भगवानको नित्य पूजाको लागि आवश्यक पानी लिने र कमलको फूल टिप्ने कमलपोखरी मासिँदा भगवानको नित्य पूजा समेत प्रभावित भएको भन्दै कमलपोखरी यथास्थानमा पुनस्र्थापना गर्न छायाँ कम्प्लेक्स भत्काउनुपर्नेमाग हुँदैआएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.