विश्व समाचार

"कोरोना संक्रमणमा चीनको भूमिका- अमेरिकामा अहिलेसम्मकै सबैभन्दा घातक हमला"

विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणको महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाउँदै यो सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताउनुभएको छ ।

बिहिबार ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताउनुभएको हो ।

त्यस क्रममा उहाँले चीनमा रहेको भाइरसको मुहानै रोकिनुपर्थ्यो तर त्यसो भएन भन्दै यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप नलिने समेत दावी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.