राजनीति

अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउन निर्देशन

कोरोना भाइरस संक्रमणका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपालीहरुले स्वदेश फर्कने माग गरिरहेका भए पनि सो दिशामा कुनै प्रभावकारी योजना अघि बढेको छैन । यस्तोमा संसदीय समितिले विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था र गनै नेपाल फर्काएपछि उनीहरुलाई नेपालमा कहाँ कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्न पनि निर्देशन दिएको हो ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिनुभयो ।

यसै गरी बैठकले लकडाउनको समयमा स्वदेशभित्र रहेका मजदूरले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.