जन सरोकार

भारतबाट कोरोना बोकेर नेपाल आएका थिए कपिलवस्तुका तीनजना संक्रमित

कपिलवस्तुमा शनिबार कोरोना संक्रमणको पुष्टि भएका तीनजना युवा भारतबाट लुकेर नेपाल छिरेको पत्ता लागेको छ । यसअघि दुईजना संक्रमित पनि भारतबाट अएको र उनीहरुसंगै पछिल्लो तीनजना संक्रमित पनि सोही दिन नेपाल आएको खुलेको छ ।

जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टि भएसंगै उनीहरुलाई आजै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

उनीहरु भारतको मुम्मबइबाट चाकरचौराह नजीकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । बैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

युवाहरुले सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसंगबाट सत्यतथ्य बुझ्न बाकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । उनीहरुमध्ये एक जना मुस्लिम र दुई जना अन्य समूदायका छन् । यसअघि २ दिनअघि कोरोना संक्रमण देखिएका २ जना पनि मायादेवी गाउपालिका २ कै रहेका थिए । उसैदिन मुम्मईबाट आएका भए पनि उनीहरु छुट्टाछुट्टै समूहमा आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.