नेपाली भूमि हडपेर बाटो बनाएको बिरोधमा प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ
भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा काठमाडौंको लैनचौरस्थित भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्ने सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववयूका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ परेको छ ।
शनिबार भारतको ज्यादति बिरुद्ध दूताबास अगाडि अनेरास्ववियुले प्रदर्शन गर्न खोजे पनि विद्यार्थीहरु नारायणहिटीको उत्तर ढोकामा जम्मा हुनासाथ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीसहित यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २० पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ । । शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
प्रतिक्रिया राख्नुहोस्