लिपुलेक हुँदै मानसरोबरसम्मको भारतले सडक बनाएकोमा सरकारको आपत्ति

सरकारले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले भारतसमक्ष आपत्ति जनाएको छ । शुक्रबार भारतले सो सडक उदघाटन गरेको थियो ।
शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र उसको नक्सामा गाभे पनि महाकाली नदी पूर्वक्षेत्र नेपाली भूभाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गर्द सो सडक बनाएकोमा आपत्ति जनाएको हो । सरकारले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ- भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारको खेद छ । भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो ।
शुक्रबार भारतीय रक्षा मन्त्रीले नेपाली भूमि हुँदै निर्माण गरिएको मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपालगायत दलले पनि भारतले नेपालको भूमिमा सडक बनाउन नपाउने भन्दै विरोध गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्