जन सरोकार

बेसारको पातबाट बन्छ महंगो तेल

तेल प्रतिकेजी रु एक हजार ५०० मा विक्री हुने

वनस्पतिको हात, डाँठ, जराको प्रयोग र यसको महत्व बुझ्ने हो भने कुनै पनि कुरा खेर जाँदैन । कुनै पनि वनस्पतिको हरेक भाग उपयोगी हुन्छ भन्ने प्रमाणित बर्दियाका एक युवाले गरेका छन् ।

गुलरिया नगरपालिका– १० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ ।



भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गर्नुभएको हो ।

तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उहाँले जानकारी दिनुभयो । उहाँले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गर्नुभएको छ ।

कोरोना संक्रमणबाट बच्न बेसारको सेवा निकै लाभदायी मानिएका बेला बर्माले बेसारको पातबाट बनाएको तेलको औषधीय गुण के कति छ त्यो थप अनुसन्धानको विषय बने पनि खेर जाने पातबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने चाहिं पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button