राजनीति

"नेपाली भूमि मिचेर सडक नबनाउन आग्रह गरिए पनि भारतले टेरेन, १९ किलोमिटर भूमि हडप्यो"

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबरसम्मको सडक बनाउन लागेको पहिल्यै थाहा पाएर त्यसो नगर्न आग्रह गरिए पनि अटेर गरेर बनाएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ । उहाँले भारतले १९ किलोमिटर नेपाली भूमि मिचेर सडक बनाएको पनि जानकारी दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिंदै नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको बताउनुभयो ।

नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी आफूहरुलाई पहिल्यैदेखि थाहा भएको र त्यसो नगर्न नेपालले आग्रह गरे पनि भारतले त्यसलाई ध्यान नदिएको र निरन्तर पहलका बाबजुद हाम्रो आग्रहलाई ध्यान नदिएर यो भएको हो भन्नुभयो ।

मन्त्री ज्ञवालीले सुगौली सन्धिलाई परिवर्तन गर्ने गरी अर्को सन्धि नभएको बताउँदै काली नदी नै हाम्रो सीमा हो । एकतर्फी निर्णय स्वीकार्य हुँदैन र छैन भन्दै भारतले सन् १९९९ मानसरोबरसम्म जाने बाटोको प्रोजेक्ट सुरु गरेको, सन् २००५ मा परियोजना स्वीकृत भएपछि २००८ बाट बाटो निर्माणको काम सुुरु गरेको थियो ।

सन् २०१४ बाट द्रुत गतिमा काम अघि बढ्यो । यसैक्रममा सन् २०१५ मा चीन र भारतबीच लिपुलेकलाई ब्यापारिक केन्द्र बनाउने सहमतिसमेत भएको समेत जानकारी गराउनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.