क्रिकेटखेल

स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृङ्खलाका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही वैशाख २९ देखि जेठ ८ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार राति बसिर अहमदको स्थानमा बाँया हाते ब्याट्सम्यान इशान पाण्डेलाई समेट्दै रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अन्य खेलाडीले भने निरन्तरता पाएका छन् ।

नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरजमध्ये चार खेलमा तीन जित निकालेको थियो । अब नेपालले वैशाख २९ गते स्कटल्यान्ड, जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्नेछ ।

आठ देश सहभागि लिग–२ मा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, इशान पाण्डे, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र भीम सार्की ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.