राजनीति

कोरोनाबिरुद्धको खोप प्रतिडोज चार डलरमा खरीद

भ्रष्टाचार भयो भनेर आत्मरतिका लागि मात्रै जथाभावी नबोल्न मन्त्री त्रिपाठीको चेतावनी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै खरीदमा भ्रष्टाचार भयो भन्नु तथ्यहीन र आधारहीन कुरा भएको बनुभएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउनुहुँदै जिटूजीमार्फत २० लाख डोज खोप खरिद गरेको बताउँदै खरिद सम्बन्धी तथ्यहीन र आत्मरतिका कुरा नबोल्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले प्रति डोज खोपलाई ४ अमेरिकी डलरमा खरिद गरेको जानकारी दिंदै कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएको तर अनर्गल र झुटा प्रचारप्रसार भएको आरोप लगाउनुभयो । मन्त्री त्रिपाठीले सोमबार प्रतिनिधिसभा बैठकमा नेताहरुले खोप खरिदसम्बन्धी कुनै तथ्याङ्क र आधारहीन कुरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्याङ्क, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झुटा र आत्मरतिका लागि नबोल्नुहोस्’ ।

मन्त्री त्रिपाठीले भन्नुभयो ‘नेपाल सरकारले राष्ट्र बैंकमार्फत कम्पनीलाई ८० प्रतिशत रकम पठाएको हो । त्यसबाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढङ्गले प्रचारप्रसार भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.