राजनीति

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीको प्रश्न- "लिपुलेकमा सडक बनाइरहेको रिर्पोटिङ किन नगरेको ?"

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गरेर मात्र नेपाल भित्रिन दिने सरकारको निर्णयपछि भारतीय दूताबासले तरकारी आयात निर्वाध गराउन दवावमूलक पत्र सम्बन्धित मन्त्रालयलाई दियो । यो कुरा संचारमाध्यममा आएपछि प्रधानमन्त्री ओलीले सुरुमा त्यस्तो पत्र नआएका दावी गर्नुभयो तर केही दिनपछि आफूलाई पत्रबारे जानकारी नदिएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

अहिले लिपुलेकमा भारतले सडक निर्माण गरी उद्घाटन गरिसकेको अवस्थामा देशका प्रधानमन्त्रीले यसबारे आफूलाई जानकारी नै नभएको बताउनुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले लिपुलेकमा सडक बनाइरहेको विषयमा सरकार जानकार रहेको र बारम्बार काम रोक्न भने पनि भारतले नटेरेको संसदलाई जानकारी गराए पनि प्रधानमन्त्री ओलीले भने आफूलाई त्यसबारे थाहै नभएको बताउनुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गराउँदै यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराउनुभएको थियो । लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोल्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको र लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो गर्नुभएको छ ।

बैठकमा सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भए पनि भारतको नियत ठीक नभएको बताउनुभयो । बैठकमा उहाँले भन्नुभयो ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ ।

दशक लामो समयदेखि निर्माण भैरहेको सडकबारे प्रधानमन्त्री नै जानकार नरहेको, जानकारी नदिएको हो वा बुझपचाएको हो त्यो उहाँले नै जान्ने कुरा हो तर मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले भारतको नियत ठीक नभएको र भारतीय प्रधानमन्त्रीसंगै वार्ता गर्ने बताएर यो विषयलाई गम्भीरतापूर्वक लिएको संकेत भने दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.