जेठ एक गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने- सबै पास खारेज

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले जेठ १ गतेदेखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ । तीन दिन यता लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो ।
गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अर्यालले जेठ १ देखि यसअघि दिएको एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास गर्न खारेज गरिएको जानकारी दिंदै यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने उनले बताउनुभयो ।
त्यसै गरी सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधार हिँड्डुल गर्न सक्नेछन् । ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिने छ ।
निजी संस्थाको हकमा नियामक निकायले जारी गरेको पासको आधारमा मात्र हिँड्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गरेको पासले मात्र हिँड्न पाइने छ भने नेपाल टेलिकम वा एनटिसीका कर्मचारीलाई नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पासले हिँड्न पाउँछन् ।
त्यसै गरी सञ्चार माध्यमहरूले भने सूचना विभागका कार्ड प्रयोग गर्न सक्नेछन् । अत्यावश्यक सेवाका लागि कुनै प्रावधान लागू भएको छैन ।