राजनीति

नीति तथा कार्यक्रम : अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गरिने

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा थप अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधार विस्तार, अन्तरराष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्यन गरिने जनाइएको छ ।

पर्यटक भिसा सेवालाई पूर्णरुपमा अनलाइन प्रणालीमा आबद्ध गरिने उल्लेख गर्दै सरकारले अन्तरराष्ट्रिय विमानस्थलमा इ–गेट प्रणाली जडान गरी यात्रुको प्रतिक्षा समय घटाइने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.