राजनीति

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उहाँलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.