जेठ २ मा फर्कन जेठ २ मै बन्यो विवाद समाधान कार्यदल
नेकपा एमालेका असन्तुष्ट पक्षले माओवादी केन्द्रसंग भएको एकताअघिको अवस्थाबाट पार्टी अघि बढाउनुपर्ने माग गर्दै संस्थापक्ष बिरुद्ध गरिरहेको संघर्ष सहमतिमा पुगेपछि त्यसको समाधानका लागि कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने कार्यान्वयनका लागि २०७८ जेठ २ मा कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो ।
कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ ।
कार्यदल गठनको जानकारी दिंदै वरिष्ठ नेता नेपालले ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको र सो कार्यदलले तीनदिनभित्र काम सक्न आफूले बताएको तर समय अलि बढी दिने भन्ने पनि कुरा भउको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्