नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको प्रवेश गरेको छ । शुक्रबार भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल बढी खेलमा जित निकालेको आधारमा सुपर थ्रीमा प्रवेश गरेको हो ।
नेपाल र हङकङ दुवैको समान ५–५ अंक रहे पनि नेपालले चार खेलमा दुई खेल जित्दा हङकङले समान खेलमा एक जित निकालेको थियो ।
नेपालले समूह चरणमा चार खेलमध्ये दुई मा जित, एकमा हार र एक खेल वर्षाले गर्दा नतिजाविहिन रहँदा पाँच अंक जोडेको हो भने समान खेलमा एक जित र तीन नतिजाविहीन रहँदा हङकङले पनि पाँच अंक बनाएको हो । बहराइनको चार खेलमा दुई अंक छ ।
यदि आजको खेलमा हङकङ विजयी भएको भए नेपाल बाहिरिने थियो भने हङकङ समूह थ्री मा पुग्ने थियो । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्ने प्रावधान अनुसार नेपाल, यूएई र थाइल्यान्डले सुपर थ्रीमा खेल्नेछन् ।
उक्त खेलमा शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।




प्रतिक्रिया राख्नुहोस्