सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनलमा हङकङलाई डक वर्थ लुइस नियममा १९ रनले पराजित गर्दै नेपालले उपाधि जिएको हो ।
नेपाल प्रतियोगितामा अपराजित रहँदै उपदी जित्न सफल भएको हो । हङकङले दिएको १ सय ८९ रन पछ्याउने क्रममा ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै १ सय १४ रन बनाएपछि खेल वर्षाका कारण रोकिएपछि नेपाल डक वर्थ लुइस नियम अनुसार विजयी भएको हो ।
नेपालको लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेल २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३५ र कप्तान दीपेन्द्र सिंह ऐरी ४ बलमा १ चौकाको सहयोगमा ९ रनमा अविजित रहे । हङकङको लागि आयुष शुक्ला र इशान खानले समान एक-एक विकेट लिए ।
त्यसअघि सिंगापुर नेशनल क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । हङकङको लागि अंशुमन रथले बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय पारी खेले भने शहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै शिव माथुरले २६ रन बनाए । नेपालको लागि शेर मल्लले चार विकेट लिए भने करण केसीले दुई विकेट लिंदा सन्दीप लामिछानेको भागमा एक विकेट रह्यो । हङकङले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ओभरमा विकेट गुमाउँदै पूरा गर्यो ।
यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी-२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी-२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।
गत आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो भने हङकङले पनि मलेसियालाई छ विकेटले पराजित गर्दै नेपालसंगको उपाधि भिडन्त पक्का गरेको थियो । दुवै टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।
त्यसअघि सोमबारै भएको तेस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई आठ विकेटले पराजित हुँदै तेस्रो भएको थियो । नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भइसकेका छन् ।




प्रतिक्रिया राख्नुहोस्