जापान

ऋणपत्रको प्रतिफल २९ वर्षयताकै उच्च

जापानी सरकारी ऋणपत्रको प्रतिफल २९ वर्षयताकै उच्च स्तरमा पुगेको छ । मुद्रास्फीतिसम्बन्धी चिन्ताले जापानी सरकारी ऋणपत्र (जेजीबी) बजारमा प्रभाव पार्न थालेको छ । शुक्रबार दीर्घकालीन प्रतिफल २९ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।

सन्दर्भ प्रतिफलका रूपमा हेरिने १० वर्षे जेजीबीको प्रतिफल २.७३ प्रतिशतसम्म पुगेको छ । ब्रोकरेज कम्पनी जापान बण्ड ट्रेडिङका अनुसार यो दर सन् १९९७ को मे महिनायता कै उच्च हो ।

अप्रिल महिनाको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा तीव्र वृद्धि भएपछि जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ ले जुन महिनामै ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ । यसै आर्थिक वर्षका लागि सरकारले पूरक बजेट ल्याउनुपर्ने सम्भावनाले पनि प्रतिफल बढ्न योगदान गरेको बताइएको छ ।

एसएमबिसी निक्को सेक्युरिटिजका प्रमुख बजार अर्थशास्त्री मारुयामा योशिमासाले विदेशमा बढिरहेको प्रतिफललाई पनि अर्को कारणका रूपमा औँल्याउनुभएको छ ।

उहाँले भन्नुभयो, “जापानको वित्तीय चिन्ता, विदेशमा बढ्दो प्रतिफल र मौद्रिक नीतिजस्ता पक्षले असर गरिरहेका छन् । कच्चा तेलको मूल्यवृद्धिले आगामी महिनाहरूमा बिजुली र ग्यासको शुल्क बढ्न सक्छ, जसका कारण ताकाइची प्रशासनले केही कदम चाल्नुपर्ने अवस्था आउन सक्छ । यसले पूरक बजेट आउने अनुमानलाई बल पुर्‍याएको छ र प्रतिफल माथि धकेलिएको छ ।”

जापानकी अर्थमन्त्री कातायामा सात्सुकीले शुक्रबार तत्काल अतिरिक्त बजेट आवश्यक नरहेको बताउनुभएको छ । तर विभिन्न जोखिमसँग जुध्न सरकारले “लचकदार रूपमा” कदम चाल्न तयार रहनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.