जन सरोकार
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
सर्लाहीको बिष्णु गाउँपालिका ३ बिश्वनाथ टोलस्थितबाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन् ।
सोही ठाउँस्थित बीआर३-एम. ६७८७ नम्बरको मोटरसाइकल सहित अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेशप्रहरी कार्यालय सर्लाही जनकपुर रजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त हतियार रमोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्