राजनीति

प्रधानमन्त्री ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

जनताको बहुदलीय जनबाद (जबज)का सूत्रधार जननेता मदन भण्डारीको २८ औं स्मृति दिवस मनाइदैछ । नेकपा (एमाले)का नेताहरुले बल्खूस्थित एमालेको पुरानो पार्टी कार्यालयमा रहेको भण्डारीको शालिकमा माल्यार्पण गरेर उनको सम्झना गरेका छन् ।

नेताहरुले पालैपालो उनको शालिकमा पुगेर माल्यार्पण गरी उहाँको स्मृति दिवस मनाएका छन् । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

स्मृति दिवसको दिन हरेक वर्ष दलले मदननगर बल्खुमा कार्यक्रम गर्दै आए पनि यसपटक कोरोना भाइरसका कारण पार्टीका शीर्ष नेता मात्र उपस्थित भई भण्डारी–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

नेता भण्डारी र आश्रितको २०५० सालमा आजकै पोखराबाट चितवनतर्फ जान लाग्दा दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.