राजनीति

मन्त्रिपरिषदबाट लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित

भारतल नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा उसको नक्सामा गाभेपछि सरकारलाई उतिबेलै आफ्नो नक्सा जारी गर्न दवाव परेको भए पनि अहिले आएर बल्ल नक्सा पारित भएको समाचार छ । भारतले लिपुलेक हुँदै सडक बनाएपछि भने सरकारले आफ्नो नक्सा जारी गर्ने तयारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको समाचारमा जनाइएको छ । मन्त्रिपरिषद बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सा पेश गर्नुभएको थियो ।

यसअघि भारतले उसको नक्सामा नेपाली भूमि गाभेदेखि नै नक्सा बनाउन दवाव परेको र मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आउनुभए पनि सार्वजनिकको विषयमा भने कुनै तयारी थिएन ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रममा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

भारतले सडक बनाएपछि सरकारले जनाएको बिरोधलाई भारतले धम्कीको भाषामा नेपालले अरुको उक्साहटमा लागेर बिरोध गरेको आरोप भारतीय पक्षबाट आएको छ । नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेपछि भारतीय सेना प्रमुखले भने नेपाल सरकारले अरू कसैको निर्देशनका चलेको टिप्पणी गरेका थिए ।

सम्बन्धित खबर

Back to top button