राजनीति

प्लेकार्ड बोकेर संसदमा विरोध कति जायज ?

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएकामा चर्को आलोचना गर्दै राजीनामा नै माग्नुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङले आज सोमबार बसेका संसद बैठकमा छातीमा प्लेकार्ड बोकेर उपस्थित विरोध जनाउनुभयो ।

साम्पाङ सहित सो दलका सांसदहरुको सो विरोध असन्तष्टि जनाउने माध्यम भए पनि सडकमा जस्तो व्यवहार सदनमा देखाउनु हुन्छ किन हुँदैन भन्ने प्रश्न उठेको छ ।

यद्यपि यसअघि सडकमा रेलिङ तोडेजस्तो संसदका कुर्ची, टेबुल, माइक भाँच्नेहरुका अगाडि हर्कको विरोध सामान्य र शिष्ट हो भन्नेहरु पनि छन् ।

तर संसदभित्र प्लेकार्ड, ब्यानरप्रदर्शनलाई संसदीय मर्यादाविपरीत मानिने अभ्यास छ। साम्पाङको सो विरोधपछि सभामुखले त्यसलाई तत्काल रोक्न निर्देशन नदिनुभएको थियो भने उहाँ कारबाहीमा पर्न सक्नुहुन्थ्यो ।

हुन त विगतमा सांसदहरूले वेल घेर्ने, नाराबाजी गर्ने, कालो कपडा लगाउने नीलो रिवन लगाउने काम नगरेका होइनन् । यति मात्र होइन कुर्सी र माइक तोडफोड पनि भएका छन् । जनताले तोडफोडलाई राम्रो मानेका थिएनन् ।

त्यस्ता अभ्यासलाई “संसदीय संस्कृति कमजोर भएको” भनेर आलोचना गरिन्छ । यस्तो प्रवृत्ति रोक्न बन्दैगरेको संसद नियमावलीमा तोडफोड गर्नेलाई क्षतिपूर्ति भराउने व्यवस्था गरिएको छ ।

यस प्रकारका विरोध ताइवान, दक्षिण कोरियाका संंसदमा हुने गरेका छन् । ती मुलुकका संसदमा पोस्टर, ब्यानर र शारीरिक अवरोधसम्मका विरोध देखिएका छन्। भारतमा भने लोकसभामा प्लेकार्ड बोकेर वेलमा उत्रिने सांसदहरू पटक–पटक निलम्बनमा परेका उदाहरण छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.