जन सरोकार

कोरलानाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङको उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।

समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो ।

उक्त कार्यका एसियन कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग रु ३० लाख बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो । पठारको जमिन खनेर पाइपलाइनमार्फत नौ दिनको प्रयासमा परीक्षण सफल भएको हो ।

डिप बोरिङ प्रविधिबाट पानी निकालेपछि स्थानीय व्यापारीलाई सहज भएको छ । डिप बोरिङमार्फत पानी निकालिएपछि गाउँपालिकाका जनप्रतिनिधि कोरलानाका पुगेका थिए ।

यसअघि कोरलानाका व्यापारी पानीका लागि सीमापारी चीनबाट सहयोग माग्दै आएका थिए भने केही व्यापारीले १६ किमी दूरीको लोमान्थाङ–१ न्हेचुङबाट ट्याक्टरमार्फत ढुवानी गर्दै आएका थिए ।

नाकामा खानेपानी व्यवस्था भएपछि व्यापारी, पर्यटक तथा चालकलाई ठूलो सहयोग पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । खानेपानी सम्बन्धित निकायमा परीक्षण गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.