जल/वातावरण

झापा र सुनसरीका ११ जना कोरोना संक्रमणको पुष्टि- कुल संक्रमित ३ सय ९०

मंगलबार झापामा ९ जना र सुनसरीमा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।
समाचार अनुसार झापाको कचनकवल गाउँपालिकाका ९ जना भारतबाट आएका हुन् । सोमबार पनि सोही गाउँपालिकाकै एकजना पुरूषमा संक्रमण देखिएको थियो ।
सुनसरीमा संक्रमित हुने दुईजना सशस्त्र प्रहरी रहेको बताइएको छ । मंगलबार विहान मात्रै कपिलवस्तुमा पनि ४ जना संक्रमित थपिएका छन् । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.