जल/वातावरण

मंगलबार भेटिए उपत्यकासहित १३ जिल्लाका २७ जना कोरोना संक्रमण- ललितपुरका संक्रमित चिकित्सक रहेको पुष्टि

मंगलबार काठमाडौंमा तीनजनामा कोरोना संक्रमित भेटिएका छन् भने ललितपुर र भक्तपुरमा एक एक जनासहित २७ फेला परेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।

२७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताउनुभयो ।

उहाँले मंगलबार कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।

यसैबीच पहिलोपटक डाक्टरलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार ललितपुर जिल्लामा भेटिएका एक जना कोरोना संक्रमित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका चिकित्सक रहेको बताइएको छ ।

ती डाक्टर केही दिनअघि कपिलवस्तुमा कन्ट्याक ट्रेसिङका लागि गएका थिए । त्यसै क्रममा उनीमाथि संक्रमण भएको महाशाखाका अधिकारीले आशंका गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.