गोकर्णेश्वरमा पहिलो कोरोना संक्रमित- संक्रमितको सम्पर्कमा रहेकाहरु परीक्षण गराउँदै
काठमाडौं उपत्यकाको उत्तरी भेगमा रहेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधबार विहान विशेष एम्बुलेन्समार्फत पाटन अस्पताल लगिएको छ । कोरोना संक्रमण भए पछि नगरपालिकाले भने सो क्षेत्रलाई औपचारिक रुपमा सिल नगरी जनचेतना अभिवृद्धि गर्दै संक्रमतिको सम्पर्कमा रहेकाहरुलाई परीक्षणका लागि प्रेरित गरेको छ ।

मंगलबार काठमाडौंका तीनजनाा संक्रमतमध्ये उनी डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका थिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
नगरप्रमुख सन्तोष चालिसेका अनुसार सिल गरेर त्रास बढाउनुभन्दा हरेकलाई सचेत पार्दै स्वयं क्वारेन्टाइनमा बसेर परीक्षण गर्न आग्रह गरिएको र यतिबेला परीक्षण गराउन सुरु भएको छ । नगरपालिकाले उनको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्न लागेको छ ।
नगरपालिका सम्भावित जोखिमको सामना गर्न तयारी अवस्थामा रहेको बताउँदै मेयर चालिसेले नगरपालिकाभित्र १३ वटा भेन्टिलेटर र २२ वटा आईसियू कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो ।
यसबीचमा नगरपालिकाले जनप्रतिनिधिहरुको पिसिआर परीक्षण नगर्ने भएको छ । मेयर चालिसेका अनुसार संक्रमण देखिएसकेपछि अब त्यसको आवश्यकता स्थानीय जनतामा परेकाले आफूहल्े पिसिआर परीक्षण तत्काललाई नगर्ने बताउनुभएको छ ,